रियल मड्रिडले जित्यो क्लब विश्वकप, रोनाल्डोले बनायाे यस्ताे कीर्तिमान


२ पुष २०७४, आईतवार
ronaldo

काठमाडाैं : युरोपियन च्याम्पियन रियल मड्रिडले तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । फिफा क्लब विश्वकप अन्तर्गत शनिबार राति अबुधाबीमा भएको फाइनलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता ब्राजिलियन क्लब ग्रिमिओलाई १–० ले हराएर रियल मड्रिड लगातार दोस्रो वर्ष क्लब विश्वकपको उपाधि जित्ने पहिलो टिम समेत बने ।ronaldo
खेलकाे पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिडलाई महत्वपूर्ण उपाधि दिलाउने क्रममा क्रिष्टियानो रोनाल्डोले  ५३ औं गोल गरेर अग्रता दिलाए । उनले फ्रि–किक मार्फत गोल गर्दै रियल मड्रिडलाई उपाधि दिलाएका हुन् ।  खेल अन्तिमसम्म अन्य कुनै गाेल हुन सकेन् । जितसँगै रियल मड्रिडले सन् २०१७ मा पाँच उपाधि जितेको छ ।
च्याम्पियन्स लिग, ला लिगा, युइएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप रहेका छन् । रियलका लागि विजयी गोल गरेका रोनाल्डो क्लब विश्वकपका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म सात गोल गरेका छन् ।
यसअघि रियल मड्रिडले  सन् २०१४ र २०१६ मा जितेको थियो । सन् २००० देखि प्रतियाेगिता शूरू भएकाे हाे । यसअघि बार्सिलोनाले तीनपटक उपाधि जितिसकेको छ ।

ranaldo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७