गरिमा विकास बैंकका ग्राहकलाई अशोक लेलैण्डका सवारी साधनहरुमा ७०%सम्मको कर्जा सुविधा


१० श्रावण २०७६, शुक्रबार
IMG 20190513 172822 HDR 2 9OM5n4t6Mz


काठमाडौं,१० साउन । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंक लिमिटेड बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए। खानले हस्ताक्षर गरे ।

सम्झौता अनुरुप, आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०%सम्मको कर्जा सुविधा गरिमा विकास बैंक लिमिटेडबाट पाउने भएका छन् ।

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनी बीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७