आहा ! इलाम {फोटो फिचर}


११ श्रावण २०७६, शनिबार
Ilam Nepal

इलाम : इलाम अर्थात् चियाको जिल्ला  । नेपालको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलाम चियाको लागि नेपालको एक नम्बर जिल्ला हो । ‘पहाडकी रानी, नगदेबालीको खानी’ जस्ता उपनामले चिनिन्छ इलाम ।

उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बंगाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ ।

झापादेखि मास्तिरको जिल्ला प्राकृतिक रुपमा पनि नेपालका सुन्दर जिल्ला मध्ये पर्छ । तराईबाट उकालो चढ्नेहरुको लागि प्राकृतिक एसी हो, इलाम । यहाँका अधिकांस स्थानहरुमा छिनछिनमा मौसम परिवर्तन हुन्छ । छिनमै घाम लाग्छ, छिनमै पानी पर्छ । छिनमै हुरी बतास चल्छ, छिनमै गर्मी पनि हुन्छ । इलामको कन्याम, श्रीअन्तु, फिक्कल, करफोक, माइपोखरी, सन्दकपुर नेपालकै पर्यटकीयस्थलहरु हुन् ।

विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो ।

अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । सुन्दर इलामको कन्याम र श्रीअन्तु क्षेत्रका केही तस्बिरहरु :

Shree Antu Ilam Nepal
इलामको श्रीअन्तु क्षेत्र
Shree antu Ilam
इलामको अन्तु पोखरी

 

 

Kanyam Ilam
इलामको कन्याम
Ilam view
इलामको श्रीअन्तु क्षेत्र

Ilam Gift

Horse riding beautiful girls at Kanyam Ilam 3
कन्याममा घोडामा सवारी गर्दे पर्यटक
kanyam ilam 8
कन्याममा पर्यटक

Selfi Lovers couple at Kanyam Ilam 2

सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक स्थान इलामले समेटेको छ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७