दसैँमा कसरी खिच्ने आकर्षक तस्बिर ?


१३ आश्विन २०७४, शुक्रबार
camera photo

काठमाडाैं : सबैको हात–हातमा मोबाइल छन् । महँगा क्यामेरा छन् । पहिलेजस्तो रिल क्यामेराले तस्बिर खिच्नुपर्ने जमाना छैन । जतिपटक तस्बिर खिचे पनि रिल सकिँदैन, आजभोलि । तर, राम्रा र आकर्षक तस्बिर खिच्ने कला भने जो–कसैमा हँुदैन । कसरी खिच्ने त दसैँमा राम्रा तस्बिर ?

camera photo

दसैँमा एकजनाभन्दा बढीको तस्बिर लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा सकेसम्म तस्बिर लिँदा कोही व्यक्ति पनि नहल्लिएको हुनुपर्छ । आजभोलि जतिपटक पनि तस्बिर खिच्न सकिन्छ । एकपटक तस्बिर खिचेपछि पुनः हेर्दै अर्कोपटक खिच्नु राम्रो हुन्छ । दसैँको तस्बिर सम्झिनलायक खिच्नका लागि सबै व्यक्तिलाई रेडी गराएर मात्रै खिच्नु राम्रो हुन्छ । तस्बिर लिँदा क्यामेरा सधैँ सीधा समात्न जरुरी छ । सकेसम्म के खिच्न खोजिएको हो त्यसलाई ध्यान दिएर क्यामेरा नहल्लाई खिच्नुपर्छ ।

दसैँमा स–परिवारको तस्बिर खिच्नुपर्ने हुन्छ । यस्तोमा आफूले चाहेजति सब्जेक्टलाई क्यामेरामा पार्ने कोसिस गर्नुपर्छ । तस्बिर लिँदा सकेसम्म डिजिटल जुम प्रयोग गर्नु हुँदैन । समूहको तस्बिर लिँदा पनि आई लेभललाई ख्याल राख्नुपर्छ ।

सकेसम्म एउटा वा दुइटा लाइन बनाएर तस्बिर लिँदा राम्रो देखिन्छ । धेरै लाइन गरेर अगाडि–पछाडि भयो भने मान्छे छेकिने तथा फोकस मिलाउन पनि समस्या हुन्छ । सामूहिक तस्बिर लिँदा तुरुन्त चेक गरिहाल्नुपर्छ । यस्तोमा कुनै व्यक्तिको पोजिसन गलत रहेछ भने अर्को तस्बिर लिन सकिन्छ ।

दसैँमा घरभित्रै टीका लगाइन्छ । त्यस्तोमा पहिला नै झ्याल, ढोका खोलेर उक्त स्थललाई उज्यालो गराउन सकिन्छ । आउटडोरमा भने सुरुमा सब्जेक्ट र लाइटको पोजिसन हेरेर तस्बिर लिने स्थान छनोट गर्नुपर्छ । घरबाहिर तस्बिर लिनुपर्दा सकेसम्म मध्यदिनमा नलिनु राम्रो हुन्छ ।एउटै सब्जेक्टलाई फरक–फरक स्थानबाट एंगल परिवर्तन गरेर तस्बिर लिदा नयाँपन देखिन्छ । एउटै एगंलमा तस्बिर खिच्दा नयाँपन नआउन पनि सक्छ ।

क्यामेराको लेन्समा सीधै लाइट पार्नु हुँदैन । विषयवस्तुलाई बुझेर नजिक जाने कोसिस गर्नुपर्छ । तस्बिर लिने क्रममा सब्जेक्टलाई पनि सहज बन्ने वातावरण बनाउने कोसिस गर्नुपर्छ । सेल्फी खिच्दा हातबाट मोबाइल खस्ने सम्भावना बढी हुन्छ । त्यसैले एकदम केयर गरेर सेल्फी लिनु राम्रो हुन्छ । सकेसम्म सेल्फी स्टिक प्रयोग गर्नु धेरै राम्रो । फोटोग्राफरले तस्बिर लिन जोखिमपूर्ण स्थानमा जानुहुँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७