अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता : गोल्डेनपीक र ह्वीज किड्स सेमिफाईनलमा


११ श्रावण २०७६, शनिबार
Nayuma Rai

काठमाडौं, ११ साउन :  आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक गोल्डेनपीक र ह्वीज किड्स सिनियर गल्सतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

शनिवार भएको सिनियर गल्र्सको खेलमा गोल्डेनपीकले आइल्याण्ड स्कुललाई १२–४ को स्कोरमा हराउदा ह्वीज किड्सले बालबिकासलाई १८–८ को स्कारमा पराजित गदै अन्तिम चारमा स्थान बनाए ।

गोल्डेनपीकको जितमा दावा छिरिङले सर्वाधिक १० स्कोर गरिन भने ह्वीज किड्सका लागि मुस्कान तिवारीले ८ स्कोरको योगदान दिएकी थिईन् । चावहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलकोे कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा बिएनए, गोल्डेनपीक, भ्यालिपब्लिक र ग्रिनल्याण्डले जित निकालेका छन् ।

Rai
सिनियर गल्समा आयोजक स्कुलकी इमोनिका राई आईल्याण्ड बिरुद्ध बल अगाडि बढाउदै ।

बसुन्धरा नेश्नल एकेडेमी(बिएनए)ले दोहोरो जित निकालेको छ । पहिलो खेलमा रिलायन्सलाई ३९–१८ को स्कोरमा हराउदा दोश्रो खेलमा ह्वीज किड्सलाई ४१–१९ को स्कोरमा रोक्यो । दुवै खेलमा आदित्य सिंहले १४ र १५ स्कोरको योगदान दिएका थिए । त्यस्तै गोल्डेन पीकले ओडिसीलाई ४२–२९ को स्कोरमा हराउदागोपाल भण्डारीले १९ स्कोर गरे ।

ग्रिनल्याण्डले रिलायन्सलाई ३५–१४ ले हराउदा राजिबआलेले १६ स्कोरको योगदानदिए । सक्रिय अधिकारीको ११ स्कोरको मद्दतमा भ्यालीपब्लिकले ओडिसी माथी २८–१८ को जित निकाल्यो । जुनियरतर्फ बिएनएले ज्ञानमालालाई १६–१० को स्कोरमा हराउदा सन्देश खड्काले १० तथाइडन ब्रिजले ग्रीनल्याण्डलाई १६–८ को स्कोरमा हराँउदा सुनिलमल्लले १२ स्कोर गरेकाथिए ।

प्रतियोगितामाजुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर  ब्वाइजतर्फ १२ टिमले १७गते सम्मप्रतिस्पर्धा गर्ने छन् ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजनगरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ । जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहोको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७