बेलायतमा नेपाली संगीत र खाना मेला {फोटो फिचर}


११ श्रावण २०७६, शनिबार
Nepali community uk 15

लण्डन, ११ साउन :  नेपाल भ्रमण बर्ष २०२० लाई केन्द्रमा राखेर विश्व आदिवासी दिवसको अवसरमा बेलायतको लण्डनस्थित नेपाली संगीत र खाना मेलाको आयोजना गरिएको छ । नेपाली दूतबासको आयोजनामा शनिवार मेला आयोजना गरिएको हो ।

दुतावासको परिसरमा आयोजना गरिएको मेलामा आदिवासी जनजातिका भेषभुषा, खाना लगायतका विभिन्न सामग्रीहरु प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न जातजातिहरुको झाँकी र साँस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

जीवन्त नेपाल निमार्णमा आदीवासी जनजातीहरुको महत्वपुर्ण योगदान रहेको कारण यो कार्यक्रम आयोजना गरिएको बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले बताए । भने, ‘नेपालको आदिबासी जनजातिहरुको संस्कृति मौलिक संस्कृति हो । नेपाल जनजातिहरुको संस्कार र सस्कृति सम्पति हो ।’

आदिबासी जनजातिहरुको कला र संगीत नेपालको अभिन्न अंग भएको उनले बताए । उनले भने, ‘उनीहरुले प्रयोग गर्ने भाषा र भेषभुषा नेपालको नेपालका राष्ट्र भाषा हुन् । त्यसैले विविधता भित्रको बास्तविक सुन्दरता आदिबासी जनजातीहरुको समृद्धि र झल्को दिन यसले टेवा पुग्ने छ ।’

हेर्नुहोस् फोटो फिचर :-

Nepali community uk 2 Nepali community uk 3 Nepali community uk 4 Nepali community uk 5 Nepali community uk 6 Nepali community uk 7 Nepali community uk 8 Nepali community uk 9 Nepali community uk 10 Nepali community uk 11 Nepali community uk 13 Nepali community uk 14 Nepali community uk 15 Nepali community uk 16 Nepali community uk 17 Nepali community uk 18 Nepali community uk 19 Nepali community uk 20 Nepali community uk 21 Nepali community uk 22 Nepali community uk 23 Nepali community uk 25 Nepali community uk 26 Nepali community uk 27

कार्यक्रमले नेपालमा पर्यटक भित्राउनका लागि महत्वपुर्ण योगदान दिने र यसबाट आदिबासी जनजातिहरुको संस्कार संस्कृति जीवन्त रहन मद्दत पुग्ने नेपाल आदीवासी जनजाति महासंघ बेलायतका संस्थापक अध्यक्ष थर्क रानाले बताए ।

विदेश जस्तो ठाउँमा यस्ता कार्यक्रम हुनुले संस्कार संस्कृति जीवन्त राख्नु त छदैछ, यसबाट नयाँ पुस्तालाई संस्कार संस्कृति हस्तान्तरण गर्नु पनि रहेको किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले बताइन् । नेपाल भ्रमण बर्ष २०२० लागि लक्षित कार्यक्रमलाई यसबाट ठुलो टेवा पुग्ने समेत राईले बताइन् ।

कार्यक्रममा विभिन्न देशका राजदुतहरुलाई समेत निम्ता दिइएको थियो । उनीहरुलाई आदीवासी जनजातिहरुको खाना र प्रर्दशनी गरिएको सामग्रीहरुलाई देखाइएको थियो । नेपाली ख्यातीप्राप्त गायक दीप श्रेष्ठ लगायत अन्य गायक गायिकाहरुले आफ्ना प्रस्तुति दिएको थिए । कार्यक्रममा चर्चित नायिका दीया पुनको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७