प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका लागि अस्पतालमा खाली कोठा भेटिएन !


१२ श्रावण २०७६, आईतवार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 1

काठमाडौं, १२ साउन । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ ।

शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी बरिष्ठ मृर्गौला रोग प्रत्यारोपण विशेषज्ञ प्राडा. दिब्यासिंह साहले जानकारी दिइन् ।

‘प्रधानमन्त्री ज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’, उनले भनिन्, ‘उहाँको रगत, दिसा पिसाबलगायत पेटको अल्ट्रासाउण्ड गरिएको छ ।’

शिक्षण अस्पतालबाट पनि परीक्षणका लागि चिकित्सक सैनिक अस्पताल गएको उनले जानकारी दिइन् । एउटा परीक्षण रिपोर्ट आउन बाँकी र अन्य रिपोर्टबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको उनले बताइन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्य नदेखिएको र उनी नियमित काममा व्यस्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७