‘सेक्स बिना एक घण्टा भन्दा बढी बस्न सक्दिनँ’


१२ श्रावण २०७६, आईतवार
bhumi pednekar

काठमाडौं, १२ साउन । आजभोलि बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग रमाइला दिनहरु विताइरहेको देख्न पाइन्छ । आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और वो’ को रिमेकमा छिन् ।

यसबाहेक उनको ‘साँडकी आँख’ पनि यसै वर्ष रिलिजको लागि तयार छ । त्यसकारण उनी कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । तर, उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चामा ल्याएको थियो । फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।

वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । उक्त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे गोप्य कुरा खुलासा गरेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलिङको शिकार हुनुपरेको थियो ।

आउटडोर हुँदा सेक्सबाट टाढा हुन्छन् आयुष्मान 

वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले सेक्सबारे प्रश्न सोधेकी थिइन् । शुरुमा नेहाले आयुष्मानलाई सेक्स बिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी सेक्स बिना बस्न सक्ने जवाफ दिए ।

aa

भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले दिए

नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । तर, आयुष्मान यतिमा मात्रै रोकिएनन् । त्यसपछि उनी भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाई टिप्स समेत दिए । उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनु पर्छ ।’

यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’ तर, सम्झिनु पर्ने कुरा यो हो कि उनीहरुको यो खुलासा रमाइलोका लागि थियो । आयुष्मान र भूमि पछिल्लो पटक ‘शुभ मंगल सावधान’ मा सँगै देखिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७