६ वटा सरकारी वेबसाइट ह्याक, तथ्याङ्क चोरिएको आशंका


१२ श्रावण २०७६, आईतवार
hackinfo

काठमाडौं, १२ साउन । सरकारी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको छ । आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ । दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको उल्लेख छ ।

शहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक भएको छ ।

hac

यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिङ्क खुल्ने गरेको सम्बन्धित कार्यालयहरुले जनाएका छन् । यी वेबसाइट अहिले खुलेका छैनन् । जसका कारण यी कार्यालयहरुको काम कार्वाही प्रभावित भएको छ ।

ह्याकरले यसको स्वरुप मात्रै बिगारेका हुन् वा यसको तथ्याङ्कहरु पनि चोरी गरेका छन् भन्नेबारे अध्ययन–अनुसन्धान र खोजविन भइरहेको जनाइएको छ । साइबर सुरक्षासम्बन्धी काम गर्ने नेपाली कम्पनी थ्रेट निक्सको अध्ययन अनुसार सन् २०१७ मा मात्रै एक सय ६० वटा सरकारी वेबसाइट ह्याक भएको थियो ।

एसक्यूएल ईन्जेक्सन, शेयर गरिएको होस्टिङ, पुरानो फ्रेमवर्क, अपडेट नभएका प्लगिङ र समय–समयमा सुरक्षासम्बन्धी समीक्षा नहुँदा सरकारी वेबसाइट ह्याक हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७