सिङ्गापुरमा नेपाली क्रिकेट टिमलाई दोहोरो पीडा, उपविजेताको पदक पनि खोसियो


१२ श्रावण २०७६, आईतवार
padak

काठमाडौं, १२ साउन । विश्व वरियतामा आफू भन्दा धेरै तल रहेको सिङ्गापुरसँग लज्जास्पद हार व्यहोर्नु परेको नेपाललाई अर्को पीडा पनि थपियो ।

सिङ्गापुरको टी–२० प्रतियोगितामा व्यहोर्नु परेको पराजयले नेपालको विश्वकप खेल्ने सपना मात्र चकनाचुर भएन दोहोरो पीडा समेत खेप्नु परेको छ । आयोजक सिङ्गापुरसँग ८२ रनले हारेपछि नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । यो नेपाली टोलीका लागि ठूलो झड्का र लज्जाको विषय बन्यो ।

pa

पराजय र लज्जाका बीच अर्को झड्का नेपाललाई तव थपियो जतिबेला उपविजेताको पदक पनि खोसियो । आयोजकले शुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाई दियो । शुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का । अरुले पालैपालो उपविजेताको मेडल लगाए ।

त्यसपछि विजेता सिङ्गापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिङ्गापुरका खेलाडीहरुले ट्रफी उचाले । जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो ।

समान ४–४ अंक भए पनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा एकाएक गरियो । नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन शिवाकोटीले एकमुष्ट फिर्ता गरेका छन् ।

प्रतियोगिताको उपविजेता कतार नै हो । तर, शुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती भएको जानकारहरुले बताएका छन् । आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै भएको जानकारको टिप्पणी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७