फिल्म ‘हजार जूनीसम्म’ को ट्रेलर सार्वजनिक


१२ श्रावण २०७६, आईतवार
poster

काठमाडौं, १२ साउन । यहि साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जूनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमसहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, सलोन बस्नेत, सञ्चिता लुईटेल, शिवहरि पौडेल, अखिलेश प्रधान र अनुभव रेग्मीको केही महत्वपूर्ण पाटो समेटिएको छ ।

निर्देशक विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म प्रेमकथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासँगको सहकार्यमा तयार पारेका हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा कलाकार उपस्थित भए पनि निर्देशक आचार्य भने उपस्थित नभएको जनाइएको छ । पछिल्लो समय अस्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार उनी भिडभाडमा नदेखिएको कार्यक्रममा बताइएको थियो ।

अभिनेत्री स्वस्तिमा खड्काले भने फिल्ममा चुलबुले क्यारेक्टर निर्वाह गरेको बताइन् । ‘फिल्मले परिवार र मायाको महत्वलाई बुझाउ“छ’, खड्काले भनिन् । अभिनेता आर्यन सिग्देलले फिल्मले मायाकै कथा भन्ने बताए । उनले फ्यामिली ड्रामा र लभ स्टोरी रुचाउने दर्शकलाई फिल्मले निरास नबनाउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७