चर्चित कार्टुन ‘मिक्की माउस’ मा आवाज दिने टेलरको निधन


१२ श्रावण २०७६, आईतवार
1564314975tailor

काठमाडौं, १२ साउन । नेपालमा समेत चर्चित द वाल्ट डिज्नीको ‘मिक्की माउस कार्टुन’ का मिनीको आवाज निकाल्ने महिला रुसी टेलरको निधन भएको छ । रुसी टेलरको आवाज कम्तीमा पनि ३० वर्षसम्म मिनी माउसमा प्रयोग गरिएको थियो ।

७५ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको क्यालिफेर्नियास्थित द वाल्ट डिज्नी कम्पनीले बताएको छ । सन् १९८६ देखि उनले आफ्नो आवाज एनिमेसन, फिल्म तथा अन्य कार्टुनमा प्रयोग गर्दै आएकी थिन्। उनले मिक्की माउस कार्टुनमा प्रमुख पात्र मिक्की माउसका साथी मिनिका आवाज दिँदै आएकी थिइन् ।

उनले कार्टुनमा मिक्कीको आवाज निकाल्ने वेन अलवाइनसँग विवाह गरेकी थिइन् । अलवाइनको निधन भने २००९ मै भएको थियो । टेलर र अलवाईनको विवाह सन् १९९१ मा भएको थियो ।
‘३० वर्षभन्दा बढी उनी र मिनीसँगै काम गरी विश्वमा लाखौंलाई मनोरञ्जन दिइन् ।

यो सम्बन्धले मिनीलाई ग्लोबल आइकनका रूपमा चर्चित गरायो’, डिज्नीका अध्यक्ष रोर्बट आइजरले शनिबार भने । टेलरको जन्म सन् १९४४ मे ४ तारिखमा क्यामव्रिजमा भएको थियो। उनले सो कार्टुनका लागि १९८६ मा २०० जनालाई पन्छ्याउँदै सो अभिनयका लागि छनोट भएकी थिइन् ।

सो कार्टुन नेपालका बालबालिकाहरूले पनि हेर्ने गरेका छन् । मिकी माउस र मिनी माउसका पुतली व्यापक विक्री हुँदै आइरहेको पनि छ । सन् १९२८ बाट शुरू हुन थालेको यो कार्टुनले करिब ९० दशक पार गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७