फेसबुक म्यासेन्जरका १० विशेषता


२ पुष २०७४, आईतवार
massnger

काठमाडाैं : च्याट गर्ने सजिलो माध्यम अहिले फेसबुकको म्यासेन्जर बनेको छ । फेसबुकले आफ्नो लोकप्रियतासँगै एकअर्कासँग कुरा गर्न सजिलो होस् भनेर म्यासेन्जर एप ल्याएको थियो । जुन अहिले फेसबुकका अधिकांशले प्रयोग गर्छन् । हामीले अडियो, भिडियो च्याट गर्नका लागि फेसबुकको म्यासेन्जर प्रयोग गर्दै आएका छौं । म्यासेन्जरले त्यसबाहेक के के सुविधा प्रदान गरेको छ ? भन्नेबारे हामीले कहिले सोधीखोजी गर्दैनौं । तसर्थ फेसबुकले दिएका त्यस्ता सुविधाबाट हामी वञ्चित हुँदै आएका हुन्छौं । त्यस्ता के के सुविधा छन् जुन तपाइँलाई थाहा छैन ? आउनुस् ती सुविधाबारे जानौं :

massnger

कम्प्युटरमा म्यासेन्जर
हामीले म्यासेन्जर साधारणतया मोबाइलमा मात्र चलाउँछौं । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरु यो एप डाउनलोड गरेर उपयोग गर्छन् । तर कम्प्युटरमा पनि म्यासेन्जर चलाउन सकिन्छ भन्ने थाहा नहुन पनि सक्छ । यदि यसबारे थाहा छैन भने म्यासेन्जर डटकममा आफ्नो फेसबुक लगिन गरेर यो सुविधा उपयोग गर्न सक्नुहुन्छ ।
म्यासेन्जरबाट पैसा ट्रान्सफर
म्यासेन्जर एपको माध्यमले आफ्नो बैंक एकाउन्टबाट पैसा पनि ट्रान्सफर गर्न सकिन्छ । पैसा ट्रान्सफर गर्ने तरिका निकै सजिलो छ । थम्ब आइकनसँगै रहेका तीन वटा डट्समा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि पेमेन्ट विकल्प आउँछ । हामी पठाउन खोजेको रकम राख्नुपर्ने हुन्छ । रकम राखी सकेपछि आफ्नो भिजा कार्ड, मास्टर कार्ड वा डेबिट कार्ड एड गर्नु पर्ने हुन्छ । फेसबुकले यस सेवाको कुनै अतिरिक्त चार्ज लिँदैन । तर यसका लागि फेसबुकसँग बैकको सहकार्य हुनपर्छ ।

३ लोकेसर सेयर
च्याटका साथै लोकेशन पनि सेयर गर्न सकिन्छ । यसका निम्ति म्यासेन्जर एपको दाँया तिर रहेको तीनवटा डटहरुमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि लोकेशन सेट गर्न सकिन्छ । आफ्नो हालको लोकेशन पनि सेयर गर्न सकिन्छ र म्यापमा पनि लोकेशन ट्याग गर्न सकिन्छ ।
४ प्रोफाइल कोड
तपाईँले कुनै व्यक्तिलाई कहिल्यै भेट्नुभएको छैन तर ऊ मन परिरहेको छ भने तुरुन्तै साथी बनाउन सक्नुहुन्छ । तपाईँले त्यसलाई आफ्नो प्रोफाइल कोडबाट स्क्यानसमेत गर्न सक्नुहुन्छ । त्यसका लागि एपको माथि बाँयापट्टि रहेको आइकन थिच्नुपर्ने हुन्छ ।
५ गेम खेल्ने
फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि गेम खेल्ने सुविधा पनि दिएको छ । जुन सुविधा उनीहरु म्यासेन्जरबाट पनि प्राप्त गर्न सक्छन् । म्यासेन्जरबाट प्याकमेन र स्न्याकजस्ता गेमहरु खेल्न सकिन्छ । त्यसका लागि कन्भरसेसन सुरु गर्नुहोस् । त्यसपछि प्लस बटन थिचेर गेम थिच्नुहोस् । त्यसपछि गेमको मनोरञ्जन लिन सक्नुहुन्छ ।

६ बट्ससँग च्याट
तपाइँसँग मानवीय अन्तरक्रिया गर्न मन पर्छ भने म्यासेन्जरमा त्यो सुविधा पनि उपलब्ध छ । तपाइँसँग अन्तरक्रिया गर्न म्यासेन्जर आर्मीहरु सधैं तम्तयार हुन्छन् । उसले तपाइँलाई समाचार पठाउनेदेखि लिएर कुनै ठाउँको खोजी गरिदिने वा कुनै खेल खल्न्न पनि सघाउँछ ।
७ सेक्रेट कुराकानी
म्यासेन्जरमा सेक्रेटरुपमा पनि कुराकानी गर्न सकिन्छ । जुन अरुले थाहा पाउन सक्दैनन् । उक्त म्यासेज फेसबुकका अधिकारीहरुले पनि हेर्न सक्दैनन् । ह्वाट्सएपमा जस्तै यसले पनि ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ तरिका अपनाएको छ ।
उक्त तरिका अपनाउन बाँयापट्टि रहेको स्क्रेट लेखिएको ठाउँमा थिच्ने र कुरानकानी गर्न चाहेको साथीको नाम रोज्नुपर्ने छ । उक्त कुराकानी म्यासेज हिस्ट्रीबाट सधैंका लागि हटाउन पनि सकिन्छ ।
८. कस्टोमाइज कन्भर्सेसन
फेसबुकमा भएका सुविधाहरुमध्ये म्यासेजलाई आफूअनुकूल बनाउन कस्टोमाइज अप्सन रोज्न सकिन्छ । यसमा आफूले चाहेको व्यक्तिहरुसँग समूह बनाएर कुराकानी गर्न सकिन्छ । तपाइँले बनाएको समूहमा आफूले रोजेको रंग, साथीका उपनाम  र इमोजी प्रयोग गर्न सकिन्छ । पहिलाकै जस्तो बनाउनको निम्ति थम्ब आइकन प्रयोग पनि गर्न सकिन्छ ।
९ समाचार, रेसिपी र फ्लाइटका लागि
म्यासेन्जरको सहायताले हामीले आफ्ना साथीहरुलाई समाचार, खाना पकाउने रेसिपी र विभिन्न स्थानको उडानबारे जानकारी लिन सक्छौं । म्यासेन्जरको माध्यमबाट हामीले चाहेको ठाउँमा होटल पनि खोज्न सक्छौं । त्यसका लागि कुराकानी गर्ने ठाउँको बाँपटि रहेको प्लस साइनमा थिच्नुपर्ने हुन्छ ।
१० स्क्रिबल च्याट
स्क्रिबल च्याटले थ्रिडी एनिमेशनमामार्फत् कुराकानी गर्न सघाउँछ । त्यहाँ राखिएका ४२ वटा एनिमेशनहरु हामीले उपयोग गर्न सक्छौं । त्यसको लागि च्याटबक्सको बाँयापटिको प्लस बटन थिचेर ‘स्त्रिलबलच्याट’ छनौट गर्नुपर्छ ।

शुक्रबार साम्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७