लगानीकर्तालाई एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा


१२ श्रावण २०७६, आईतवार
nmb W7Gb1mmfHj 1

काठमाडौं,१२ साउन । एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने भएको छ ।

आइतबार विहान बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५र७६ को लेखा परीक्षणबाट प्राप्त प्रतिफलको समीक्षा गर्दै बैंकले जारी गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाई धनीलाई लाभांश दिने निर्णय गरेको हो ।

राजधानीमा पत्रकार संमेलन गर्दै बैंकले आर्थिक वर्ष २०७५-७६ को मुनाफाबाट कर कट्टा गरि सुलभ इन्भेष्टमेन्ट फण्डका इकाइ धनीलाई १५ प्रतिशत र हाइब्रिड फण्डका इकाई धनीलाई १० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ ।

फण्ड अन्तर्गत संचालन भएको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले विगत तीन वर्षदेखि इकाई धनीलाई लगातार नगद लाभांश वितरण गर्दै आएको छ ।

बैंकले संचालनमा ल्याएको एनएमबी हाइब्रिड फण्ड एल–१ नेप्सेमा सूचीकृत भई कारोबार खुल्दा नेप्से १७५९।७१ विन्दुमा भएको र पछि बजार निरन्तर घट्दा समेत कम्पनीले योजनाको जोखिमलाई व्यवस्थापन गरी लांभाश वितरण गर्न सफल भएको बैंकले जनाएको छ ।

यसै अबसरमा बैंकले ‘एनएमबी ५०’ तेस्रो म्युचअल फण्ड समेत ल्याएको छ । बैंकले ५० वटा योजना समावेश गरी १ करोड २० लाख इकाइ बराबरको म्युचअल फण्ड सार्वजनिक गरेको हो ।

लगानीकर्ताको लगानीको सुनिश्चित गर्दै अधिकतम लाभांश प्रदान गर्ने गरी एनएमबी ५० म्युचुअल फण्ड ल्याएको बैंकले जनाएको छ । माग अनुसार फण्डलाई १ करोड २० लाखबाट अधिकतम एक करोड ५० लाख सम्म पु¥याइने बैंकका कार्यकारी निर्देशक श्रिजेश घिमिरेले जानकारी दिए ।

यो योजनाको प्राथमिक उद्देश्य नै उच्चतम प्रतिफल हासिल गर्ने रहेको हुँदा एनएबी ५० को अधिकांश लगानी इक्विटीमा रहने सिईओ घिमिरेले बताएका छन् ।

यस योजनाले नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वा सो भन्दा कम शेयरहरु आफ्नो पोर्टफवोलियोमा समावेश गर्ने समेत उनको भनाई छ । बैंकले एनएमबी ५० म्युचुल फण्ड भोलि सोमबारदेखि विक्री खुल्ला गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७