स्मार्ट कन्डमले तपाईं आफैंले थाहा नपाएको जानकारी समेत दिनेछ


२ पुष २०७४, आईतवार
smart condom

एजेन्सी : पछिल्लो समय स्मार्ट वाच र गुगल ग्लासपछि विश्वभर नै वियरेबल टेक्नोलजी (पहिरिने प्रविधि) प्रति अत्यधिक रुझान बढेको छ । घडी र चश्मापछि अब बजारमा अनेकौं कम्पनीले अनेकौं नयाँ नयाँ वियरेबल प्रविधियुक्त वस्तु बजारमा ल्याइरहेका छन्। smart condom

यसै क्रममा आउन लागेको एउटा उत्पादन हो– स्मार्ट कन्डम । स्मार्ट कन्डम बिक्रीका लागि दर्ता प्रक्रिया सुरु भइसकेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो स्मार्ट कन्डमले सामान्यतया व्यक्तिले ख्याल नगर्ने मिहिन प्रश्नका समेत उत्तर (जानकारी) दिने उत्पादक कम्पनीले दाबी गरेको छ।

बेलायतको एउटा अनलाइन स्टोरमा रजिस्ट्रेसनमार्फत स्मार्ट कन्डमको बिक्री प्रक्रिया सुरु गरिएको जनाएको छ । बेलायती कम्पनी ब्रिटिस कन्डमले सन् २०१६ मा नै यो कन्डम बजारमा ल्याउने दाबी गरेको थियो।

कम्पनीले स्मार्ट कन्डमले यसको प्रयोगकर्तालाई उसले कतिबेर, कतिपल्ट र कति समयको अन्तरालमा यौन सम्पर्क ग¥योजस्ता जानकारी दिने दाबी गरेको छ।
तर यसको नाम स्मार्ट कन्डम भए पनि यसले परिवार नियोजनको अस्थायी साधनको काम भने गर्ने छैन । अर्थात असुरक्षित गर्भधारणबाट जोगाउने छैन।
खासमा स्मार्ट कन्डम एउटा गोलाकार रिङ हो, जुन अन्य कन्डमको आधारमा फिट हुन्छ। अर्थात स्मार्ट कन्डमसँग रेगुलर कन्डम प्रयोग नगरिए गर्भधारण र यौन सम्पर्कबाट सर्ने विभिन्न रोगबाट जोगिन सकिँदैन।

तर अरु कन्डमजस्तो एकपटक प्रयोग गर्नासाथ यो कन्डम फ्याँक्नु पर्दैन । कम्पनीले स्मार्ट कन्डम बारम्बार प्रयोग गर्न सकिने दाबी गरेको छ।

यो कन्डमले यसमा जडान गरिएको ‘न्यानो’ चिप र सेन्सरको उपयोग गरि जानकारी संकलन गर्छ।

एकपल्ट यौन सम्पर्क गरिसकेपछि स्मार्ट कन्डमलाई ब्ल्यूटुथमार्फत मोबाइल एपमा कनेक्ट गरेर यसका सबै जानकारी डाउनलोड गर्न सकिन्छ । यसले दिने जानकारी प्रयोगकर्तासम्म मात्र सीमित रहन्छन्, तर मन लागे ती जानकारी सेयर पनि गर्न सकिनेछ।

डाउनलोड भइसकेपछि यो कन्डमबाट ती सबै जानकारी आफैं डिलिट हुन्छन् र यो फेरि अर्को प्रयोगका लागि तयार हुन्छ।

कम्पनीले दिएको विवरणअनुसार स्मार्ट कन्डमलाई प्रयोग गर्नुअघि चार्ज गर्नुपर्छ । युएसबी पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ । एक घन्टा चार्ज गर्दा यसलाई सात आठ घन्टासम्म प्रयोग गर्न सकिन्छ।

तर कम्पनीले गरेका दाबीमाथि विभिन्न प्रश्न उठेका छन् । आलोचकहरू स्मार्ट कन्डम उपयोगी हुनुभन्दा पनि यसलाई सकेसम्म धेरै बेच्ने ‘फन्डा’ मात्र हुनसक्ने आरोप लगाउँछन ।

आई डट कन नाम राखिएको स्मार्ट कन्डमको तस्बिर कम्पनीले हालै सार्वजनिक गरेको छ । तर बजारमा आइनसकेकाले यसको प्रयोग गर्न कति सहज हुनेछ अहिले बताउन कठिन छ।

यो कन्डमले यौन आनन्द बढाउँदैन, न त यसले गर्भधारण वा यौन रोगबाट जोगाउँछ । आलोचकहरू यो कन्डमबाट कुनै पनि उपयोगी कुरा प्राप्त नहुने आरोप लगाउँछन्।

यो कन्डममा एक वर्षको वारेन्टी दिइएको छ भने मूल्य करिब ६० बेलायती पाउन्ड अर्थात करिब आठ हजार रुपैयाँ छ । साइजको भने कुनै समस्या छैन, किनभने स्मार्ट कन्डमको रिङ लचकदार छ।

-स्वास्थ्य खबरपत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७