एमाले माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्दै, के छ विषय ?


२ पुष २०७४, आईतवार
Kp Oli and Prachand

काठमाडौं: वाम गठबन्धनले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । आईतबार अपराह्न ३ बजे काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पछिल्लो राजनीतिक घटना क्रमको बारेमा छलफल हुने बताइएको छ ।Kp Oli and Prachand

राष्ट्रिय सभा गठनको विषयमा देखिएका विवादको विषय, सरकार परिवर्तन लगायतको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोगजना गरिएको जनाइएको छ ।

वाम गठबन्धनको यो पत्रकार सम्मेलन निर्वाचन पछिको पहिलो हो । त्यसैले आम मतदातालाई निर्वाचन मा सहभागी भएर मतदान गरेकोमा धन्यवाद दिन पनि पत्रकार सम्मेलन गरिएको गठबन्धनका  एक नेताले जनकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७