करिष्माको प्रश्न, ‘विनोदजीले म करिष्माको श्रीमान भन्दा कसरी इज्जत घट्छ ?’


१४ श्रावण २०७६, मंगलवार
karishma 2

काठमाडौं, १४ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको एक अभिव्यक्तिलाई लिएर अभिनेत्री करिष्मा मानन्धरले कडा जवाफ फर्काएकी छन् ।

उनले सुरेन्द्र केसीलाई आफ्ना श्रीमान बिनोद मानन्धरले ‘म करिष्मा मान्नधरको श्रीमान विनोद मानन्धर भन्दा कसरी मेरो श्रीमान विनोदको इज्जत घट्यो ?’ भन्दै प्रश्न सोधेकी छन् । आफ्नो फेसबुकमा मंगलवार एक स्टाटस लेख्दै उनले डा. केसीलाई यस्तो प्रश्नसहित अभिव्यक्ति दिंदा संयमित हुन चेतावनी दिएकी छन् । उनले डा. केसी जस्तो विद्वान मानिसबाट त्यस्तो अभिव्यक्ति आउनु आफ्नो अन्दाज भन्दा परको कुरा भएको उल्लेख गरेकी छन् ।

‘यदि करिष्मा केसीले आफ्नो जात बद्लेर करिष्मा मानन्धर गर्न सक्छ भने बिनोदजीले म करिष्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?’, करिष्माले डा. केसीलाई प्रश्न गरेकी छन् ।
त्यसैगरी स्टाटसमा करिष्माले आफ्ना पति बिनोद डा. केसी भन्दा कुनै कुरामा कम नभएको उल्लेख गर्दै आफू राजा जस्तो भएर हिंड्न खोज्ने मानिसले आफ्नी श्रीमतीलाई रानी जस्तो व्यवहार गर्ने बताइन् ।

‘बिनोद मानन्धर तपाईको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठूलो कुरा उहाँमा मानवता छ र उहाँले तपाईले जस्तो अरुको नचाहिने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नु हुन्न’, करिष्माले लेखेकी छिन् ।
यस्तो छ करिष्माले फेसबुक लेखेको स्टाटस (सम्पादित)
डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाँही के बोल्नु हुन्छ के !!! त्यो उहाँ बोलाइको आधारमा उहाँको व्यक्तित्व अन्दाज गर्न मुस्किल जस्तो !!

हालै एउटा अन्तरवार्तामा उहाँले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तीहरुले आफ्नो व्यबहार र आचरणका कारण आफूलाई निम्न स्तरमा पारेका छन् र उदाहरण दिदां मेरो श्रीमान बिनोदजीको नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोदजीले उहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे ! अनि म करिष्माको श्रीमान भन्नूभयो रे! त्यसबाट बिनोदजीले आफ्नो इज्जत घटाउनु भयो रे !! उहाँले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे ? यस्ता त छन् अनि के इज्जत हुनु रे ! (बिनोद मानन्धर, ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) । यदि करिष्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्नसक्छ भने बिनोदजीले म करिष्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो ?

उहाँजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन् । जबकी जब बिनोद जी पोखराबाट फर्किनुभयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेन, म आफै बोल्न गएँ, (बिनोदजीले सुरेन्द्र केसीको सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र उहाँको भनाइ मन पराउनु हुन्छ )

बिनोदजीले आफ्नो परिचय दिंदा करिश्माको श्रीमान भनेकोले बिनोदजी कसरी इज्जतविहीन हुनुभयो डा.. के सी ? जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडि सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बडप्पन हुन्छ । त्यही बेला तपाईं , बिनोद र मेरी छोरी कविताको युटुब कुराकानी जब मेरो छोरीले शेयर गरौं ममी भन्दा मैले गरिन् त्यो कुरामा कबु मसँग रिसाएको थियो !! त्यो तपाईंप्रति उसको सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईंको अनुहारको बेवास्ता मैले पढेकोले त्यो शेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस् । बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठूलो कुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन् । हामीले तपाईंको केही खाएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७