राजेश हमालको प्रशंसा गर्दै भारतीय मिडियाले लेखे-‘नेपाली फिल्मको अमिताभ बच्चन’


१४ श्रावण २०७६, मंगलवार
hamal and amitab

काठमाडौं, १४ साउन । महानायक राजेश हमाललाई भारतीय मिडियाले बलिउड अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ ।

भारतको सबैभन्दा विश्वासिलो अनलाइन मानिने आजतकका लागि पत्रकार प्रिया शान्डिल्यले लेखेको समाचारमा उनलाई ‘नेपाली फिल्मको अमिताभ बच्चन’ भनिएको छ । समाचारमा हमालको निकै तारिफ गरिएको छ । उनको फिल्म करिअरदेखि बैबाहिक जीवनसम्मको चर्चा गरिएको छ ।

‘नेपाली फिल्ममा अमिताभ बच्चनको रुपमा चर्चित अभिनेता राजेश हमाल भारतीयका लागि खासै परिचित अनुहार होइनन् । तर, राजेश नेपालका एक यस्ता सुपरस्टार हुन्, जसलाई त्यहाँको ‘महानायक’ को उपाधि मिलेको छ । ५५ वर्ष उमेरका राजेशको चार्म नेपालमा त्यस्तै छ, जुन भारतमा अमिताभ र शाहरुख खान जस्ता कलाकारहरुको छ’, आजतकले लेखेको छ ।

सन् १९८८ मा आएको फिल्म ‘’युगदेखि युगसम्म’ बाट अभिनेता हमालले नेपाली फिल्ममा डेब्यू गरेको जानकारी दिँदै अगाडि लेखिएको छ, ‘आफ्नो पहिलो फिल्मबाट राजेशले दर्शकको मनमा गहिरो छाप छाडेका थिए ।

यसपछि उनले ‘देउता’, ‘बसन्ती’, ‘हामी तीन भाई’, ‘गिरफ्तार’, ‘कर्मयोद्धा’, ‘शकुन्तला’ लगायतका फिल्ममा आफ्नो अभिनयको जादू छरेका छन् ।’ हमालको अध्ययन र अभिनयको सफर निकै कष्टकर रहेको समाचारमा उल्लेख छ ।

‘राजेशका पिता चुडाबहादुर हमाल (पाकिस्तानमा नेपाली राजदूत) थिए । त्यसबेला नेपालमा अभिनयलाई निकै सानो कामको रुपमा हेरिने गरिन्थ्यो’, आजतकका लागि प्रियाले अगाडि लेखेकी छन्, ‘फिल्ममा आउनका लागि उनले परिवारको निकै विरोध सहनु परेको थियो । उनका पिताले कहिले उनलाई अभिनयका लागि सहमति दिएका थिएनन् । उनले आफ्नो पिताको अन्तिम संस्कारमा परम्परालाई नमान्दै आफ्नो शिर समेत मुण्डन गरेका थिएनन् ।’

हमालको लभ लाइफको पनि चर्चा गर्दै आजतकले लेखेको छ, ‘राजेश हमालले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराईसँग विवाह गरेका हुन् । दुईको लभस्टोरी निकै रोचक छ । दुईको पहिलो पटक सन् २००४ मा आयोजित लक्स ब्यूटी स्टार कार्यक्रममा भेट भएको थियो ।

लामो समय एकअर्कालाई डेट गरेपछि सन् २०१४ मा दुईले विवाह गरेका थिए ।’ भारतमा अमिताभ बच्चनको जस्तै लोकप्रियता राजेश हमालको नेपालमा रहेको समाचारमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७