छवि–शिल्पाको विवाह दर्ता गरी दिने वडा सचिवको रहस्यमय मृत्यु


१४ श्रावण २०७६, मंगलवार
Shilpa Pokharel Chhabi raj Ojha

काठमाडौं, १४ साउन । चलचित्र निर्माता छवीराज ओझा र अभिनेत्री तथा ओझा पत्नी शिल्पा पोखरेलबीचको विवादमा नयाँ–नयाँ घटनाक्रम बाहिर आइरहेका छन् ।

छवी र शिल्पाबीच कुटपिटको विवाद बढेर अंशको विषयमा चर्चा चलिरहेका बेला एकाएक पहिलो श्रीमती हेमा ओझाको आगमनले तरङ्ग फैलाइरहेका बेला फेरि छवी–शिल्पाको घटनामा अर्को नयाँ परिघटना जोडिन पुगेको छ ।

छवी–शिल्पाको विवाह दर्ता गरी दिएका काठमाडौं महानगरपालिका–८ का वडा सचिव प्रकाश पौडेलको रहस्यमय निधन भएको छ । छवी–शिल्पाले पौडेलबाटै विवाह दर्ता गराएका थिए । केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन् ।

आफूविरुद्ध निवेदन परेपछि उनी केही दिनदेखि पौडेल तनाबमा रहेको स्रोतले जनाएको छ । पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ या छैन भन्ने कुरा नबुझी विवाह दर्ता गराएर अख्तियारीको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको थियो ।

छवि र शिल्पाविरुद्ध प्रहरीले प्रकाउ पूर्जी जारी गरेको अवस्थामा वडा सचिवको मृत्युलाई रहस्यमयी ढङ्गले हेरिएको छ। वडा नम्बर ८ का वडा अध्यक्ष दिनेशकुमार डंगोल भने घटना कसरी घट्यो भन्ने आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आइतबार बिहान ३ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको मंगलबार पशुपति आर्यघाटमा दाह–संस्कार गरिएको छ । तर, मृत्युको कारण भने हालसम्म खुलेको छैन ।

५० वर्षीया पौडेल परिवारसहित लैनचौरमा बस्दै आएका थि ए। उनका श्रीमती, एक छोरा र एक छोरी थिए । छोरा अष्ट्रेलियामा बस्दै आएका थिए भने छोरी पनि केही समयपछि उतै जाने तयारीमा थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७