टोटनह्यामसँग रियल मड्रिड पराजित, उपाधिका लागि बायर्नसँग भिड्ने


१५ श्रावण २०७६, बुधबार
real madrid tottenham 300719zg 5AQo3fRLKM

काठमाडौं, १५ साउन । प्रि– सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगितामा टोटनह्यामले रियल मड्रिडलाई पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
बायर्न म्युनिखको धरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ ।

एलियान्ज एरेनामा टोटनह्यामलाई जित दिलाउन कप्तान ह्यारी केनले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । प्रिसिजन दूर अन्तर्गत एट्लेटिको मड्रिडँग ७–३ को फराकिलो अन्तरले हारेको रियलले अर्को पराजय बेहोरेको हो ।

real madrid tottenham 300719zj OERGMyLtJN

मंगलबार राति नै भएको खेलमा बायर्नले फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । टर्कीको फेनरबाचेलाई पराजित गर्न जर्मन च्याम्पियन बायर्नका लागि थोमस मुलरले ह्याट्रिक पूरा गरे । बायर्नले ५ गोल पहिलो हाफमा गरेको थियो ।

रेनाटो सान्चेसले २२औं मिनेटमा बायर्नका लागि पहिलो गोल गरेका थिए । २२ मिनेटको बीचमा बायर्नले ५–० को अग्रता लिएको हो । २८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरे भने किंग्सले कोमनले ४०औं मिनेमा गोल गरेका थिए ।

थोमस मुलरले खेलको ३१ औं मिनेटमा र ४४औं मिनेटमा पेनाल्टीमा गोल गरी पहिलो हाफमा ५–० को अग्रता बनाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट १–१ गोल भयो । ५८औं मिनेटमा मुलरले ह्याट्रिक पूरा गर्दा फेनरबाचेका म्याक्स क्रुजले ६४ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७