सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यु-१६ च्याम्पियन


२ पुष २०७४, आईतवार
Nepal Champions

काठमाडौं: थाइल्याण्डमा भएको एसीसी यु–१६ इस्टर्न रिजन च्याम्पियनशिपको फाइनलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको छ । नेपाली टोलीले सिंगापुरलाई ७१ रनले पराजित गरेको हो ।Nepal Champions

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा सिंगापुर ११२ रनमै अलआउट भएको हो ।
नेपालले विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे। नारायण जोशीले नटआउट ४६ रनको योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। u acc u 16 trophy
ओपनर कुशल मल्ल शुन्य तथा राजन मगर ३ रनमा आउट भएपछि सुरुमै लडखडाएको नेपाली टोलीलाई सुवास अयरसँग मिलेर विशालले सम्हालेका थिए । नेपालका लागि सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे। जवाफी ब्याटिङमा आएको सिंगापुर निर्धारित ३५ ओभर खेल्नै पाएन । ३१ ओभर ५ बलमा ११२ रनमै अलआउट भयो । यसअघि नेपाल एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७