योगेश भट्टराईको सिंहदरबार प्रवेश {फोटो फिचर}
काठमाडौं, १५ साउन : २०३६ सालको विद्यार्थी आन्दोलनबाट उदाएका नेता योगेश भट्टराई १५ साउन २०७६ मा मन्त्रीको रुपमा सिंहदरबारमा प्रवेश गरेका छन् । भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गर्दै गर्दा धेरेले आशाका नजरले हेरेका छन् । १४ चैत २०३७ को आमहड्तालमा सक्रिय सहभागी भएर राजनीतिमा आएका भट्टराई आन्दोलनबाट नै स्थापित भए । आन्दोलनकारी पुस्ताका नेताहरु मध्ये उनी धेरै आशा गरिएका नेता हुन् ।
योगेश सिंहदरबार प्रवेश गर्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले बधाई दिए । लेखे, ‘योगेश दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन। हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।’
भट्टराई सिंहदरबार प्रवेश गर्न अघि उनका नजिकका नेता घनश्याम भुसालले लेखे,‘कमरेड योगेश भट्टराई, तपाईंलाई बधाई छ। तपाईंले आजसम्म लिएका हरेक जिम्म्मेवारी जुन शानका साथ पूरा गर्नु भएको छ, यो जम्मिेवारी पनि त्यही योग्यताका साथ सम्पन्न हुनेछ । हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन् । र, हामी जानुपर्ने टाढा छ ।’ हेर्नुहोस् योगेशको सिंहदरबार प्रवेश :