जबरजस्ती करणीमा एक हजार ८७३ मुद्दा दर्ता


१७ श्रावण २०७६, शुक्रबार
Rape for nayapage

काठमाडौं, १७ साउन । मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा आव २०७५–७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

आव २०७४–७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५–७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३–७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबरजस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताउँछन् ।

कुनै पनि महिलाको इच्छाबेगर जबरजस्ती रूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबरजस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबरजस्ती करणीका घटना हुने गरेको बताउँछन् ।

‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ’, उनी भन्छन् । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७