दुई टाउको, चार आँखा र चार कान भएको शिशुको जन्म


१७ श्रावण २०७६, शुक्रबार
unhealthy baby

जनकपुर, १७ साउन । जनकपुरको एक अस्पतालमा दुनियाँलाई चकित पार्ने एक अनोैठो बच्चाको जन्म भएको छ ।

जनकपुरमा रहेको मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहिबार दुई टाउको, चार आँखा, चार कान भएको अनौठो बच्चाको जन्म भएको हो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार वैद्यकी २५ वर्षीय श्रीमती सविता वैद्यले अनौठो बच्चाको जन्म दिएकी हुन् ।

डा. रुवी सिंहको टोलीले शल्यक्रिया गरी बच्चालाई पेटबाट निकालेको थियो । जन्मेको एक घण्टापछि नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका प्रमुख रामबाबु यादवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७