कवि राजन मुकारुङको ‘हाटा’ सार्वजनिक


१७ श्रावण २०७६, शुक्रबार
Hata

काठमाडौं, १७ साउन । मदन पुरस्कार विजेता कवि राजन मुकारुङको कविता सङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक गरिएको छन् ।

अनामनगरस्थित मण्डला थिएटरमा अभिनेता दयाहाङ राई, कवि यज्ञश, समीक्षक कैलाश राई र कवि मुकारुङले हाटा सार्वजनिक गरेका हुन् ।

कवि यज्ञशले कविताले सामाजिक कथा बोकेको उल्लेख गरेका छन् । ‘कवितामा वर्ग, पहिचान र विद्रोह छ’, उनले भने, ‘संघर्षका मिठा कथा छन् ।’ कविताले यौनिकताको सवाल उठाएको समीक्षक कैलाश राईले बताइन् । ‘कविता प्रतिपक्षी छ’, उनले भनिन्, ‘अधिकांश कविताले राज्यसत्तालाई प्रश्न गर्छन् ।’

कवि मुकारुङले हिजो समाज परिवर्तन गर्ने भनेर हिंडेका नै आज राज्य सत्तामा पुगेर सत्ताभोगी भएको गुनासो गरेका छन् । उनले ती ‘सत्ताभोगी’ लाई प्रश्न गर्न कविता कृति जन्मिएको जानकारी गराएका छन् । ‘समाज तथा देश परिवर्तनका लागि राज्यसत्तालाई प्रश्न गर्न यो कविता आएको हो’, उनले सुनाए । कविता कृतिमा समाज, समय र राजनीतिसँग सम्बन्धित कविता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७