रोनाल्डोले भने,‘बार्सिलोनालाई ‘गार्ड अफ अनर’ दिन चाहन्छु


२ पुष २०७४, आईतवार
critiano rolando
<> at Riazor Stadium on September 20, 2014 in La Coruna, Spain.

काठमाडौं : रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनालाई निराश बनाउने जोखिम उठाएका छन् ।

critiano rolando

रियल मड्रिडका लागि अर्को उपाधि दिलाएपछि रोनाल्डोले भनेका छन्, इएल क्लासिको अघि उनको टिम बार्सिलोनालाई गार्ड अफ अनर दिन चाहन्छ ।’
‘यो राम्रो हुनेछ र म चाहन्छु हामी बार्सिलोनालाई गार्ड अफ अनर दिऊँ ।’जितपछि रोनाल्डोले भने ।
रियल मड्रिडले अब घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा बार्सिलोनासँग इएल क्लासिकोमा खेल्दैछ । रोनाल्डोले यो खेल जितेर रियलका लागि उपाधि सम्भावना जिवितै राख्ने विश्वास व्यक्त गरेका छन् ।
रोनाल्डोको निर्णायक गोलको मदतमा रियल मड्रिडले क्लब वर्ल्डकपको उपाधि जितेको छ । युरोपियन च्याम्पियन रियल मड्रिडले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।
फिफा क्लब विश्वकप अन्तर्गत शनिबार राति अबुधाबीमा भएको फाइनलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता ब्राजिलियन क्लब ग्रिमिओलाई १–० ले हराएर रियल मड्रिड लगातार दोस्रो वर्ष क्लब विश्वकपको उपाधि जितेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७