मेस्सीलाई तीन महिना प्रतिबन्ध र ५० हजार अमेरिकी डलर जरिवाना


१८ श्रावण २०७६, शनिबार
lionel messi argentina

काठमाडौं, १८ साउन । अर्जेन्टिनी तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीलाई तीन महिनाको प्रतिबन्ध लागेको छ । स्टार खेलाडी मेस्सीलाई दक्षिण अमेरिकी फुटबल महासंघले अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागाएको हो ।

महासंघले तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना लगाएको उल्लेख छ । भर्खरै ब्राजिलमा सकिएको कोपा अमेरिका फुटबलमा पदाधिकारीहरुलाई मेस्सीले भ्रष्टाचारको आरोप लगाएका थिए ।

३२ बर्षका मेस्सीले कोपा अन्तर्गत तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा रातो कार्ड समेत पाएको थिए । सोकि खेल पछि मेस्सीले घरेलु टोली ब्राजिललाई उपाधि जिताउन सबै पदाधिकारी र संघको मिलेमतो रहेको गम्भिर आरोप लगाएका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ । त्यस्तै मेस्सीले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टाचार हुने समेत आरोप लगाउँदै पदक लिन समेत अस्वीकार गरेका थिए ।

मेस्सीले आफूमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्ने छन् । प्रतिबन्धसँगै मेस्सीले अर्जेन्टिनाले सेप्टेम्बर र अक्टोबरमा खेल्ने चिली, मेक्सिको र जर्मनीविरुद्व मैत्रीपूर्ण फुटबल गुमाउने छन् । अर्जेन्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट शुरु गर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७