चन्द्रमा पनि रहन पाएन चोखो, चन्द्रमामा साबुनलगायत ८ सय प्रकारका फोहर


१८ श्रावण २०७६, शनिबार
moon

काठमाडौं, १८ साउन । हामी चन्द्रमालाई चोखो भन्छौं । चन्द्रमालाई ‘चोखो’ को उपमा दिंदै विभिन्न साहित्य सिर्जना समेत गरिएका छन् ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक प्रतिवेदनका अनुसार चन्द्रमामा करीब ८ सय प्रकारको मानव निर्मित फोहोर थुप्रिएको छ । नासाका अनुसार चन्द्रमाको जमिनमा ७९६ आइटम फोहोर छ । जसमा ७६५ आइटम फोहोर अमेरिकी मिसनका क्रममा छुटेको छ ।  नासाका अनुसार चन्द्रमामा अमेरिकाले गरेको फोहोर ९६ प्रतिशत छ । तर त्यो फोहोर चन्द्रमाको कुन भागमा छ भन्ने एकिन भएको छैन ।

नासाले एक नक्सा जारी गर्दै फोहोर थुप्रिएको भाग सार्वजनिक गरेको छ । अमेरिकाले सन् १९६९ को दशकमा रेन्जर स्पेसक्राफ्टबाट कयौं मानवरहित मिशन चन्द्रमामा पठाएको थियो । रेन्जर ४, ५, ६, ७, ८ र ९ चन्द्रमाको सतहसँग जोक्किएर दुर्घटना भएका थिए । जबकी रेन्जर ३ चन्द्रमाको सतहा नपुग्दै चन्द्रमाको कक्षमा फन्को मारेको थियो ।

त्यसपछि अमेरिकाले लुनर अर्बिटर पठाएको थियो । लुनरले त्यहाँका थुप्रै तस्बिरहरु पृथ्वीमा पठाएको थियो, जहाँ पहिलो पटक मानिसलाई उर्तान सहज हुन सक्थ्यो । सन् १९६९ देखि ७२ सम्म चन्द्रमामा ६ पटक मानिस पुगे । तर यो क्रममा थुप्रै वस्तु चन्द्रमा छुटे । तर ती वस्तु छुटेको ठाउँ अहिले नासालाई नै थाहा छैन । नासाले सार्वजनिक गरेको नक्सामा देखिए पनि त्यो कुन ठाउँ हो भन्ने थाहा छैन ।

चन्द्रमामा छाडिएका हरेक वस्तु सबै मिशनका लागि सामान्य थिए । मिसनका क्रममा लगभग सबै ‘पोर्टेबल लाइफ सर्पोट सिस्टम’ त्यतै छाडियो । चन्द्रमामा साबुन, एन्टी व्याक्टेरियल क्रिम, हाइजीन किटलगायत छुटेको नासाको भनाई छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७