अशक्त मजदुरको घर निर्माण सुरु


२ पुष २०७४, आईतवार
majdur मजदुरकाे घर निर्माण 1

धरान :मेरुदण्ड भाचिएर थलिएका मजदुर पुण्यप्रसाद प्याकु्रेलको घर निर्माण कार्य सुरु भएको छ । धरान १५ महादेव चोकस्थित प्याकु्रेलको नाममा रहेको सात धुर जग्गामा दुईवटा कोठा, भान्छा कोठा र शौचालय सहितको घर निर्माण आइतबारबाट थालनी भएको हो ।

majdur मजदुरकाे घर निर्माण 1
निर्माण कार्यमा जुट्दै ।

विभिन्न दाताहरुको सहयोगबाट सुरु गरिएको घर निर्माणका लागि इन्जिनियरले पाँच लाख लाग्ने बजेट सहितको घरको नक्सा दिएको भए पनि हालसम्म २ लाख ६५ हजार ७ सय ७२ बराबरको नगद तथा जिन्सी सङ्कलन गरिएको घर निर्माणका अभियन्ता नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष तथा पत्रकार भीमज्वाला राईले जानकारी दिए ।
सहयोगीहरुले ईटा, बालुवा, सिमेन्ट, जस्ता पाता प्रदान गर्ने बचनबद्धता गरेका छन् । ‘कतिपयले नगद दिएको छ प्राप्त सहयोगबाट काम प्रारम्भ गर्छौ आवश्यक सामग्री र रकम सहयोग सङ्कलनलाई निरन्तर दिन्छौं’,राईले भने ।
सामग्री जुटाउन र घर निर्माण पुरा गर्न अझै रकम अभाव छ  घर निर्माण सुरु भएसंगै सहयोगीहरुकामा पुग्ने र सहयोग सङ्कलनलाई सँगसँगै लाने घर निर्माण समितिका संयोजक कमल भटराईले बताए ।

majdur मजदुरकाे घर निर्माण 3
निर्माण कार्यमा जुट्दै ।

‘एउटा पीडितको परिवारलाई व्यवस्थापन गर्न हामीले यो अभियान प्रारम्भ गरेका छौं धेरैबाट सहयोगको आश्वासन पाएका छौं त्यो पुरा हुनेछ भन्ने आशाका साथ काम थालेको घर निर्माण समितिका सदस्य सचिव तथा पत्रकार विकास चाम्लिङले जानकारी दिए । उनले भने,’हामी सबैलाई सकेको सहयोगका लागि आह्वान पनि गर्दछौँ ।’
२०७२ साल असारमा सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएका प्याकु्रेलको कम्मरमुनीको भाग चल्दैन, उनी सिधा बस्न समेत सक्दैनन्, दिशा पिशाव समेत ओछ्यानमै गर्नु पर्ने अवस्था रहेको छ । श्रीमती एक छोरा र छोरीसहित आफन्तका  आश्रय लिएर बसेका छन् ।
३४ वर्षीय प्याकुरेलको घर निर्माणका लागि भीमज्वाला राईको पहलमा मजदुर, पत्रकार तथा समाजसेवीहरुको उपस्थितिमा गत मङ्सिर २२ गते घर निर्माण समिति गठन गरेर सहयोग सङ्कलन अभियान चलाईएको थियो ।
जसअनुसार सङ्खुवासभाका सन्तोष राईले जस्तापाताका लागि ३५ हजार, केके ईन्टरनेशनल स्कुलका अध्यक्ष तथा इन्जिनियर प्रविन अग्रवालले नगद २१ हजार, धरानका व्यापारी पवन अग्रवालले २१ हजार, समाजसेवी जिबि खड्काले २० हजार बराबरको वालुवा, हिमाल राई मार्फत इसाई समाजबाट ६० हजार बराबरको ईटा, धरान वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले २० बोरा सिमेन्ट, मनकामना हार्डवेयरका प्रोप्राईटर नवीन राजभण्डारीबाट २० बोरा सिमेन्ट, हस्त श्रेष्ठबाट १० हजार प्राप्त भएको छ ।
त्यस्तै यज्ञ प्रसाईबाट १० हजार, कमल काफ्ले, डिकवहादुर मगर, नरेश मगर, जिज्ञासु प्याकुरेल तथा स्वर्गिय खड्गवहादुर कार्कीको परिवारबाट ५ हजारका दरले सहयोग प्राप्त गरिएको समितिका संयोजक कमल भटराईले बताए ।
त्यस्तै हिमाल दाहाल र बादल भटराईबाट १३ हजार, सुनिल पाख्रिनबाट ३ हजार पाँच, नेत्र काफ्लेबाट ३ हजार ७ सय ५०, सुक तुम्रोक बाट ३ हजार, लक्ष्मी बाहिं³ राईबाट ३ हजार, प्रहरी निरिक्षक होमराज दाहालबाट २५ सय, महालक्ष्मी ईलेक्टोनिक्सबाट एक थाल फ्रिज र एक थान टेलिभिजन, पत्रकार उपेन्द्र चाम्लिंग राईबाट ११ हजार र गोपि खतिवडाबाट पाँच सय सहयोग प्रदान गरिएको छ ।
त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अटो टेम्पो ईकाई ईटहरीबाट ६ हजार १०, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ईटहरी ईकाईबाट ५ हजार, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ईरिक्सा ईकाई कमिटी ईटहरीबाट १ हजार ५ सहयोग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७