मेसीलाई ३ महिना प्रतिबन्ध र ५० हजार जरिमानाको सजाय


१८ श्रावण २०७६, शनिबार
lionel messi argentina

अर्जेन्टिना, १८ साउन (एजेन्सी )। अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाका लागि प्रतिबन्धित गरिएको छ।

कोपा अमेरिका भ्रष्टाचारी भएको भनेपछि उनलाई ३ महिना कुनै पनि अन्तराष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो। मेसीले कोपा अमेरिका मिलेमतोमा ब्राजिललाई नै जिताइएको आरोप लगाएका थिए। कोपा अमेरिकामा अर्जेन्टिनाले तेश्रो स्थानमा चित्त बुझाएको थियो।

उनलाई ३ महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलरको जरिमानासमेत तोकिएको छ। यो सजाय दक्षिण अमेरिकीन फुटबल कन्फड्रेसनले तोकेको हो।


मेसीले प्रतिबन्धविरूद्ध ७ दिनभित्र अपिल गर्न सक्नेछन्। प्रतिबन्धका कारण मेसीले चिली, मेक्सीको तथा जर्मनीविरूद्ध सेप्टेम्बर तथा अक्टुबरमा हुने मैत्रीपूर्ण खेलहरू गुमाउनेछन्।

कोपा अमेरिकामा सेमिफाइनलमा ब्राजिलसँग २-० ले पराजित भएपछि अर्जेन्टिनी फुटबल संघले पनि रेफ्रीबाट गम्भीर चुकु भएको गुनासो गरेको थियो।

चिलीविरूद्धको खेलमा मेसीलाई ३७ औं मिनेटमा रातो कार्ड देखाइएको थियो। ‘हामी यो भ्रष्टाचारको अंग हुन चाहँदैनौं। उनीहरूले हामीलाई प्रतियोगिता अवधिभर राम्रो सम।मान दिएका छैनन्।’, मेसीले त्यतिबेला प्रतिक्रिया दिदैं भनेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७