‘हाट’मा राजन मुकारुङ र उपेन्द्र सुब्बाको त्यो दोस्ती


१८ श्रावण २०७६, शनिबार
Upendra subba and rajan mukarung

काठमाडौं, १८ साउन :  शुक्रबार अर्थात् १७ साउन २०७६ मा अभिनेता दयाहाङ राईहरुको नाटकघर मण्डला नाटकघरमा कवि तथा आख्यानकार राजन मुकारुङको पाँचौं कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’को सार्वजनिकीकरण कार्यक्रम थियो । कवि मुकारुङका पाठक तथा सुभचिन्तकहरु हाट भर्ने भन्दै निकै बक्लो संख्यामा भेला भएका थिए

कार्यक्रम सुरु हुन अघि मण्डलामा घन्टी बज्यो । सहभागीहरु कार्यक्रम हलभित्र छिरे । भित्र अघिदेखि बसिरहेका थिए, कवि उपेन्द्र सुब्बा । राजनको भाषामा ‘मझौला कद, गोलाकार अनुहार, चिम्सा आँखा, हल्का थेप्चो नाक, थोरै बोल्ने, मन खुस गरेर हाँस्दा निदाएझैँ देखिने, ‘हेहेहे’ गर्दा आउने आवाजमा मधुर घोर्लेपना, खाँट्टी लिम्बू पहिचानधारी ।’


उपेन्द्र राजनको कविता कार्यक्रममा सहभागी हुन गएका थिएनन् उनी कार्यक्रमको आयोजक आफै थिए । अर्थात् कवि भएर पनि उनी कविताको प्रकाशक । राजनको ‘हाटा जाने अघिल्लो रात’को प्रकाशन उपेन्द्र र अर्का कवि तीर्थ संगम राईले गरेका हुन् । कर्पोरेट प्रकाशकहरु कवितालाई अनुत्पादक विद्या अर्थात् बिग्री नहुने मान्छन् । त्यही भएर प्रकाशनको लागि उतिधेरै मरिहत्ते गरीहाल्दैनन् । त्यही बिग्री नहुने मानिएका कवितामा लगानी गरीदिएका छन्, उपेन्द्रले ।

Upendra Subba
राजनलाई खादाले स्वागत गर्दै उपेन्द्र


कार्यक्रम सञ्चालकले मञ्चमा राजन सहित अभिनेता दयाहाङ राई, पत्रकार यज्ञश र समाशास्त्रका विद्यार्थी कैलाश राईलाई बोलाए । उनीहरु मञ्चमा पुग्न साथ उपेन्द्र खादा बोकेर मञ्चका अतिथिहरुलाई स्वागत गर्न मञ्च उक्लिए । पालैपालो खादा लगाइदिए । उपेन्द्रले यसरी खादा लगाइदिइरहेको बेला दर्शकहरुले हुटिङ्ग गरे ।

उपेन्द्र र राजनको यो प्रेम शुक्रबारको मात्रै होइन । उनीहरुको प्रेमको लामो कहानी छ । ‘सृजनशील अराजकता’ नामक साहित्यिक आन्दोलन हाङयुग अज्ञात सहित उनीहरु तीन जना मिलेर सुरु गरे । सुरु मात्रै गरेनन् उनीहरुले मुलधार भनिएको अथवा मानिएकोलाई धक्का दिए । कैलाश राईले यी तीनलाई तीन चुलोको रुपमा व्याख्या गरे । उपेन्द्र र राजनहरुको जोडीलाई वलशाली जोडी मानिन्छन् ।

उपेन्द्रले राजनको जति प्रेम गर्छन्, त्यसो त राजनले पनि उत्तिकै गर्छन् । ‘हरिप उपेन्द्र, सरिफ उपेन्द्र’ शिर्षकमा राजनले लेखेको लामो आलेख पढ्दा यस्तो लाग्छ, ‘प्रेम होस् त उनीहरुको जस्तो ।’ राजनले लेखेका छन्,‘ उपेन्द्र रसिक छन्, हँसिला देखिन्छन् । साथीभाइसँगको भेटघाटमा उनले कहिल्यै ‘बोर’ गराउँदैनन् । तर, उनीभित्र एउटा कठोर पीडा छ, त्यो धेरैले बुझेका छैनन् । यहाँ जो भन्नैपर्ने हुन्छ, नत्र उनीमाथि न्याय हुँदैन ।’

कार्यक्रमपछि पनि उपेन्द्रले सहभागीहरुलाई हाट भरेर अर्थात् अतिथिका लागि राखिएका सुँगुरको मासु, चिउरा, तीपानी रक्सी र जाँड खाएर जान भनिरहेका थिए । कार्यक्रममा लेखक तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा चिन्तक घनश्याम भुसालले समेत दर्शकदिर्घामा बसेर कविता र कवितामाथिका बहस अन्तिमसम्म सुनेका थिए ।


यसअघि मुकारुङका सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता संग्रह प्रकाशित छन् । मुकारुङका दुई उपन्यास ‘हेत्छाकुप्पा’ र ‘दमिनी भिर’ मध्ये ‘दमिनी भिर’ले २०६९को मदन पुरस्कार पाएको थियो । ‘हेत्छाकुप्पा’ पनि लोकप्रिय उपन्यास हो ।

कार्यक्रमका तस्बिरहरु :

Rajan Mukarung Daya Rai Rajan Mukarung   Yagyas

Kailash Rai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७