भारतीय मिडियामा साम्राज्ञीको सनसनीपूर्ण खबर


१८ श्रावण २०७६, शनिबार
samragyee raya laxmi shah

काठमाडौं, १८ साउन । केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । गएको तीन दिन अगाडि भारतको सबैभन्दा विश्वसिलो अनलाइन पोर्टल ’आज तक’ ले अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो ।

उनको फिल्म र बैबाहिक जीवनबारे पनि चर्चा गरिएको थियो । यसले नेपाली सञ्चारमाध्यममा पनि राम्रै स्थान पायो । शुक्रबार फेरि ’आज तक’ ले नेपाली फिल्मकी सबैभन्दा डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाहको विषयमा समाचार प्रकाशन गरेको छ ।

जसमा उनलाई नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्रीको रुपमा चिनाइएको छ । ‘ड्रिम्स’ बाट डेब्यू गरेकी शाह आज नेपाली फिल्मकी हाईएस्ट पेड एक्ट्रेस बनेकी छन् । मात्र तीन वर्षमा उनको स्टारडमले निकै ठूलो रुप लिइसकेको छ’, ’आज तक’ का लागि प्रिया शान्डिल्यले लेखेकी छन् ।

फिल्ममा करिअर बनाएकी उनी वास्तविक जिन्दगीमा भने राजघरानाको सदस्य रहेको समाचारमा भनिएको छ । साम्राज्ञीको वंशजका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाउने श्रेय दिने गरेको र उनको बंशजका ज्ञानेन्द्र शाह नेपालको राजा भएको पनि जानकारी दिइएको छ ।

साम्राज्ञीले एक फिल्मका लागि १६ लाख पारिश्रमिक बुझ्ने गरेको पनि खुलाइएको छ । फिल्म ‘रातो टिका निधारमा’ का लागि उनले १६ लाख बुझेकी थिइन् । ‘शाहले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएकी थिइन् । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन्’, समाचारमा उल्लेख छ ।

तर, ‘आज तक’ ले डेब्यू फिल्म ’ड्रिम्स’ हिट भए पनि उनको अभिनयको खासै प्रशंसा नभएको भनेर लेखेको छ, जुन सत्य होइन । डेब्यू फिल्ममा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । समाचारमा उनका ताजा तश्विरहरु पनि राखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७