एथ्लेटिको मड्रिड जित, बार्सिलोनामाथि बढ्यो दबाब


प्रकाशित मिति : December 17, 2017

काठमाडौं: एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा लिडर बार्सिलोनासँगको अंक दूरी ३ मा झारेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एलाभेसलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई पछि पारेको तथा बार्सिलोनामाथि दबाब बढाएको हो । 

आइतबार भएको खेलमा एथ्लेटिको मड्रिडले आलाभेसलाई १-० गोलअन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडका लागि टोरेसले ७४ औं मिनेटमा गोल गरे ।जितसँगै एथ्लेटिको मड्रिडको १६ खेलबाट ३६ अंक छ । लिग लिडर बार्सिलोनाको ३९ अंक छ । तर, उसले एक खेल कम खेलेको छ ।

 

एक खेल कम खेलको शीर्ष स्थानको बार्सिलोनाको ३९ तथा चौथो स्थानको रियल मड्रिडको ३१ अंक भएको छ । राति नै भएको अर्को खेलमा रियल सोसिडाड र एथ्लेटिको बिल्बोओले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

प्रतिक्रिया दिनुहोस्