यी हिरोइन श्रीमानले अप्राकृतिक यौन सम्बन्ध राखेको भन्दै प्रहरीकोमा पुगेपछि


१९ श्रावण २०७६, आईतवार
yukta

काठमाडौं, १९ साउन । भोजपुरी चलचित्र उद्यागका हट एवं चर्चित जोडी अक्षरा सिंह र पवन सिंहबीच भएको विवाद अब पुलिस थाना पुगेको छ ।

मुम्बईको मलाडको मालवानी पुलिस स्टेशनमा अक्षरा सिंहले पवन सिंहलाई धम्की दिएको आरोप लगाएकी छिन् । यसअघि भोजपुर फिल्ममा काम गरिसकेकी अभिनेत्री युक्ता मुखीले आफ्ना श्रीमानमाथि गम्भीर आरोप लगाएकी थिइन् ।

विश्व सुन्दरी समेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् । श्रीमानले आफूमाथि अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको युक्ताले आरोप लगाएकी थिइन् ।
युक्ता श्रीमानबाट मुक्त
यसका साथै पुलिसले दिएको जानकारी अनुसार अभिनेत्रीले आफ्ना श्रीमानमाथि दाइजो उत्पीडन, कुटपिट र अप्राकृतिक यौन सम्बन्ध स्थापित गर्ने गरेको आरोप लगाएकी थिइन् । उनको अरोपलाई उनका श्रीमानले खण्डन गरेका थिए । अन्ततः यी दुईको सम्बन्धविच्छेद भयो । अहिले युक्त श्रीमानबाट मुक्त छिन् । 

सन् २००० मा युक्ताले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । त्यसको एक वर्षपछि उनले एक तमिल फिल्म पूवेलम उन वसमबाट डेब्यू गरेकी थिइन् । त्यसपछि सन् २००२ मा उनले ‘प्यासा’ नामको हिन्दी फिल्ममा काम गरिन् । उनले ‘कब कहबा तू आइलव यू’ मा पनि काम गरिन् ।

मिस इण्डियाको उपाधि पनि
युक्ताले मिस वर्ल्डको उपाधि जित्नुअघि फेमिना मिस इण्डियाको उपाधि पनि आफ्नो नाममा गरेकी थिइन् । यसबाहेक उनले इण्डियन फिल्म अवार्डलाई पनि होस्ट गरिसकेकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७