बेलायत भ्रमणमा गण्डकी प्रदेशका मुख्य मन्त्री


२० श्रावण २०७६, सोमबार
prithivi subba
फाइल फोटो

काठमाडौं, २० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत भ्रमणमा जाने भएका छन् ।

गुरुङ आउँदो भदौ ७ र ८ गते बेलायत जाने छन् । संघीय सरकारसँग स्वीकृति माग्ने लगायतका निर्णय पनि गण्डकी प्रदेशले गरेको छ । तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलाको प्रमुख अतिथि बन्न मुख्यमन्त्री बेलायत जान लागेका हुन् ।

मन्त्रिपरिषदले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । प्रदेशले स्थानीय तहको सहकार्यमा निर्माण गर्ने योजनामा ६०–४० को अनुपात बनाउने अर्को निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

त्यस्तो अनुपात हुने व्यवस्थासहितको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो । यसअघि उक्त कार्यविधिमा ७०स्३० को अनुपात रहेकोमा संशोधन गरिएको जानकारी मन्त्री बस्नेतले दिएका छन् ।

प्लास्टिकजन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि मन्त्रिपरिषदले दिएको छ । दुग्ध विकास बोर्ड गठनका लागि सहजकरण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा समिति गठनको निर्णय भएको जानकारी मन्त्री बस्नेतले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७