आठौँ कोरियन एम्बासडर तेक्वान्दोमा नेपाल आर्मी च्याम्पियन


२ पुष २०७४, आईतवार
आठौँ कोरियन एम्बासडर तेक्वान्दोमा नेपाल आर्मी च्याम्पियन

काठमाडौं: नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्पm च्याम्पियन भएको थियो । आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न सफल भयो ।     आठौँ कोरियन एम्बासडर तेक्वान्दोमा नेपाल आर्मी च्याम्पियन

नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दुतावासको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषमा नेपाल पुलिसले ३ स्वर्ण, १ रजत तथा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात जित्दै क्रमशः टिम दोस्रो र तेस्रो भयो । महिला पनि पुलिसले ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै टिम दोस्रो हुन सफल भयो । तेस्रो भएको कोटेश्वरले २ रजत पदक मात्र जितेको थियो ।

जुनियर तर्फ महिलामा आर्मीले ३ स्वर्ण र २ रजत तथा पुरुषमा कोटेश्वरले ३ स्वर्ण र १ रजत पदक जित्दै बाजी मारे । महिलामै युनाइटेड तेक्वान्दो डोजाङले १ स्वर्ण र १ रजतका साथ दोस्रो तथा शिक्षा अभियान १ स्वर्ण र १ कांस्य पदक जित्दै तेस्रो हुन सफल भए । पुरुषतर्पm दोस्रो भएको सीतापाइला तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र २ कांस्य जित्दा तेस्रो सीमित ललितपुरले १ स्वर्ण र १ कांस्य पदक हात पारेको थियो ।
समग्र टिम पुम्सेमा महिला तर्फ पुलिस पहिलो, स्युचाटार दोस्रो र जेशिस स्कुल तेस्रो भयो । महिला टिम पुम्सेमा पुलिस पहिलो, स्युचाटार दोस्रो र आर्मी तेस्रो हुन सफल भयो । प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)उपाध्यक्ष लामा टेन्डि शेर्पा, नेपाल तेक्वान्दो संघका उपाध्यक्षद्वय भोजबहादुर शाह र नन्दु राई र दक्षिण कोरियाली दुतावासका प्रतिनिधी लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७