‘कन्ट्रोभर्सी क्विन’ राखीले अन्ततः आफ्नै प्रशंसकसँग गरिन् विहे


२० श्रावण २०७६, सोमबार
rakhi

काठमाडौं, २० साउन । बलिउडकी आइटम गर्ल राखी सावन्तले अन्ततः आफूले विवाह गरेको स्वीकारेकी छिन् । यसअघि ४० वर्षे कन्ट्रोभर्सी क्विनले आफ्नो विवाह अस्वीकार गरेकी थिइन् ।

उनका अनुसार उनका श्रीमानको नाम रितेश हो । उनी युरोपमा बस्छन् । विवाहपछि उनी पुनः विदेश गइसकेको राखीले बताएकी छिन् । स्पटबोयलाई दिएको अन्तरवार्तामा राखीले आफू आमा बन्नमा कुनै हतार नभएको बताएकी छिन् । उनले भनिन्, ‘म सन् २०२० मा आमा बन्ने सोचमा छु ।’

rakhi 1

आफ्नो विवाहपछि राखी निकै उत्साहित छिन् । उनले विवाहित महिलाको गेटअपमा विभिन्न तस्बिर शेयर गरेकी छिन् । यी तस्बिर निकै चर्चित पनि भइरहेको छ ।

राखीले किन अचानक विवाह गरेको भन्ने प्रश्नमा जवाफ दिइन्, ‘सबैभन्दा पहिले त यो भन्न चाहन्छु कि तपाईंहरुले सही जानकारी पाउनु भएको छ कि मेरा श्रीमान् एनआरआई हुन् । मेरा श्रीमानको नाम रितेश हो र उनी यूकेमा छन् । उनी यूके फिर्ता भइसकेका छन् । मेरो भिसा प्रोसेस चलिरहेको छ र म पनि उनलाई यूकेमा जोइन गर्नेछु ।’

rakhi 2

आफ्नो कामबारे कुरा गर्दै राखीले भनिन्, ‘इण्डियामा मैले जे पनि काम पाउँछु त्यो गर्नेछु । म सधैं टिभी शो निर्माण गर्न चाहन्थें र अब मलाई लाग्छ कि मेरो यो सपना चाँडै नै पूरा हुँदैछ ।’

अन्तरवार्तामा राखीसँग उनले रितेशसँग कसरी भेट भयो भनेर सोध्दा उनले भनिन्, ‘यो निकै शानदार स्टोरी हो । उनी मेरा प्रशंसक थिए र मलाई ह्वाट्सएपमा मेसेज गर्दथे । कुरा गरेपछि हामी चाँडै नै एक अर्काको साथी बन्यौं । यो करिब एक वर्ष अघिको कुरा हो ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७