नक्कली लुटपाटका योजनाकार इलामबाट पक्राउ


२ पुष २०७४, आईतवार
1513524441103 GL Ilam 20160216 Lutera
n’6]/f ;d”x ;fj{hlgs kfFry/sf Jofkf/Laf6 nfvf}+ 7u]/ km/f/ ePsf kfFry/ lhNnfsf ljleGg :yfgsf n’6]/fsf ;d”xnfO{ gub / xltof/;lxt lhNnf k|x/L sfof{no Onfdn] cfOtaf/ ;fj{hlgs ub}{ tl:a/M uf]ljGb nfld5fg], Onfd, /f;;

इलाम: इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1513524441103 GL Ilam 20160216 Lutera

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका-८ बस्ने ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका-६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्दम्बे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, इलामले आज पत्रकारसम्मेलन गर्दै घटना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा पक्राउ पर्नेहरुका साथबाट रु ९० लाख १० हजार रकमसमेत बरामद गरिएको इलामका प्रहरी प्रमुख विपिन कर्माचार्र्यले जानकारी दिए ।

सोही घटनामा संलग्न विर्तामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख कर्माचार्यले जानकारी दिए ।

मंसिर २५ गते राति इलामको तिल्केनीमा भएको लुटपाटको घटना सार्वजनिक भएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त लुटपाट भनिएको घटना नक्कली भएको खुल्न आएको छ । लुटपाटका योजनाकार राजबहादुरले योजनाबद्ध तरिकाले सो घटना घटाएको पनि अनुसन्धानमा खुलेको बताइएकोे छ ।

योजनाकार तामाङले प्रहरीसमक्ष आफूसँग बहुमूल्य रत्न छ भनी पाँचथरका राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानालाई रत्नको मूल्य धेरै पर्ने तर तपाईंलाई सस्तोमा दिने भन्दै नगद रु दुई करोड ५७ लाख ५८ हजार र ६० लाख मूल्य पर्ने जग्गा ठगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको थियो । सो रकम लुटिएको देखाउनलाई सो घटनाको योजना गरेको पनि खुल्न आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७