हनिमुनका मनाउने पैसा समेत नभएका साहरुखलाई श्रीमती गौरीको यस्तोसम्म साथ


२० श्रावण २०७६, सोमबार
shah rukh khan gauri

काठमाडौं, २० साउन । बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।

उनले सञ्चारमाध्यमसँग कुरा गर्दै शाहरुख खान एक राम्रो पिता र पति रहेको बताएकी छन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि गौरवको कुरा भएको बताएकी छन् । तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् ।

उनले आफूले सधैं शाहरुख खानको कारण भएको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताइन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।

उनले ट्वीटरमार्फत् स्कुलको पढाइ सकिए पनि जिन्दगीको पढाइ कहिल्यै पनि सकिनु नहुने र केही न केही सिक्दै अघि बढ्नु जरुरी रहेको बताएका छन् । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए ।

सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यति मात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए ।

गौरी र शाहरुखको बीचमा हनिमुन पेरिस जाने सहमति भएको थियो तर, शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमुनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७