अब डाउनपेमेन्ट गर्न नसक्नेले पनि सजिलै बाइक किन्न सक्ने !


२० श्रावण २०७६, सोमबार
hero

काठमाडौं, २० साउन । तत्काल डाउन पेमेन्ट गर्ने रकम अभावमा तपाईको मोटरसाइकल किन्ने चाहना पुरा हुन सकेको छैन भने त्यसलाई अब हिरोले पुरा गर्ने भएको छ । त्यसका लागि सवारीसाधन किन्ने मानिसको तोकिएबमोजिको आम्दानी भने हुनु पर्नेछ ।

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक नेपाल जनरल माकेर्टिङ प्रालिले शुन्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर वा मोटरसाइकल खरिद गर्न सकिने अफर ल्याएको छ ।

कम्पनीले आफ्ना सबै स्कुटर र मोटसाइकलमा लागु हुने गरि उक्त ग्राहक योजना ल्याएको हो । कम्पनीले यसअघि स्कुटरमा लागु गर्दै आएको उक्त योजना अब सबै किसिमका मोटरसाइकल तथा स्कुटरमा लागु गर्ने भएको हो ।

यो योजना अन्तर्गत ग्राहकले दुई वर्षे किस्ताबन्दीमा बाइक स्कुटर खरिद गर्न सक्ने छन् । फाइनान्सबाट बाइकरस्कुटर खरिद गर्न चाहने ग्राहकले आफ्नो आवश्यकता अनुसार ० देखि ५० प्रतिशत सम्म डाउनपेमेन्ट गर्न सक्नेछन् ।

हाल, कम्पनीले मुक्तिनाथ बिकास बैंकमार्फत १६ प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनी बाइक वा स्कुटर खरिदकर्तालाई पाँच वर्षसम्मको वारेन्टी, निःशुल्क हेलमेट र स्पेयर पार्टमा सात प्रतिशतसम्म छुट दिदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७