मेस्सी घाइते अमेरिका टुरका खेल गुमाउने


२१ श्रावण २०७६, मंगलवार
messi

काठमाडौं, २१ साउन । बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा सोमबार घाइते भएका हुन् ।

मेस्सीको दाँया खुट्टामा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब क्लबको संयुक्त राज्य अमेरिकाको भ्रमणका गर्ने छैनन्, बार्सिलोनामा नै रहने छन् ।

मेस्सीले संयुक्त राज्य अमेरिका टुरमा बार्सिलोनाले खेल्ने खेलहरु गुमाउने छन् । बार्सिलोनाले यूएस टुरमा नेपोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने छ । क्लबले अमेरिका प्रस्थान गर्ने टोली पनि घोषणा गरिसकेको छ । क्लबका अनुसार मेस्सीले अब प्रशिक्षणमा पनि सहभागिता जनाउने छैनन् ।

नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न भएको खेलमा इङ्लिस क्लब आर्सनललाई हराउँदै बार्सिलोनाले ग्याम्पर ट्रफी फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । उक्त खेलमा मेस्सीलाई मैदानमा उतारिएको थिएन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७