नेपाली केटी विहे गरेको भन्दै बाबुले हाने छोराको पेटमा छुरा, अवस्था गम्भिर


२१ श्रावण २०७६, मंगलवार
crime12


नुवाकोट, २१ साउन । नेपाली समाज विहेवारीको विषयमा अझै परम्परागत सोंच र अभ्यासमै छ । यसलाई कसैले तोड्न खोजे उसले ठूलो समस्याहरु झेल्नु पर्छ ।
आफूले मन पराएकी र माया गरेकी केटीसँग विहे गरेका कारण नुवाकोटका एक युवक झण्डै मृत्युको मुखमा पुगेका छन्, त्यो पनि आफ्नै बाबुको हातबाट ।

नुवाकोटको विदुर नगरपालिका–३ बट्टारमा बस्ने इद्रिस खानले नेपाली केटी विहे गरेको भन्दै आफ्नै छोरालाई छुरी प्रहार गरेका छन् । बाबुको नाम खुलेपछि छोराको नाम अझै खुल्न सकेको छैन । छोराले विहे गरेर ल्याएकी युवतीको विषयमा पनि अहिलेसम्म विवरण प्राप्त भइसकेको छैन ।

घाइते छोराको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घाइते छोरालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौ ग्रान्डी अस्पतालमा ल्याइएको छ ।

प्रहरीले छुरा प्रहार गर्ने बुवा खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ । घटनाको पूर्ण विवरण भने आउँन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७