परिणाम सार्वजनिक भएलगत्तै आरोप-प्रत्यारोपमा उत्रिए कांग्रेस नेता


३ पुष २०७४, सोमबार
Nepali congress meeting top leaders

काठमाडाैं : देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।congress

निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए ।‘पार्टीले सिद्धान्तमा जित्यो तर निर्वाचनमा हार बेहोर्नुप¥यो, यसको जवाफ नेतृत्वले दिनुपर्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले नराम्रै परिणाम आउँदा पनि दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण रहेको भन्दै अत्तालिएर नेतृत्वमाथि आरोप लगाउनु जायज नहुने नेता रिजाल बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७