जापानले बनायो उड्ने कार, २०२३ सम्ममा बजारमा आउने


२१ श्रावण २०७६, मंगलवार
flying car

काठमाडौं, २१ साउन । विश्वको शक्तिशाली राष्ट्रमध्येको एक जापानले उड्ने कार निर्माण गरेको छ ।

जापानको इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले उड्ने कार बनाएको हो । कम्पनीले सो कारको परीक्षण समेत गरेको ब्लुमबर्गले उल्लेख गरेको छ । परीक्षणको समयमा फ्लाइङ कार १० फिट माथिसम्म उडेकाले यसलाई सफल परीक्षण मानिएको छ ।

एनईसीका अनुसार यो कार सन् २०२३ सम्ममा बजारमा आउने र २०३० पछि व्यक्तिले किनेर शहरमा उडाउन पाउने जनाइएको छ । कम्पनीका अनुसार सो फ्लाइङ कार मानवरहित उडानका लागि निर्माण गरिएको जनाइएको छ । यो कारको परीक्षण टोकियोस्थित एनईसी सेन्टरमा गरिएको थियो । सो फ्लाइङ कार हेर्दा ड्रोन जस्तो ठूलो मेशिन आकारको देखिन्छ ।

यो उड्ने कार निर्माणका लागि जापानी सरकारले समेत सहयोग गरेको छ । सन् २०१७ मा उड्ने कार परीक्षणको क्रममा असफल भएको थियो । जापानको स्टार्टअप कम्पनी कार्टिभेटरको उड्ने कारमा दुर्घटना भएको थियो । अहिले कार्टिभेटरको फ्लाइङ कारमा एनईसी स्पोन्सर गरिरहेको छ । साथै सो प्रोजेक्टमा विभिन्न कम्पनीहरुले सहयोग गरेको जनाइएको छ ।

उड्ने कार निर्माण तथा प्रवर्धनमा जापानका साथै दुबई, सिङ्गापुर, न्युजिल्याण्डलगायत देश समेत लागेका छन् । एपवेस कम्पनी युबर टेक्नोलोजीले पनि उड्ने कार प्राथमिकतामा राखेको बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७