कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण


२१ श्रावण २०७६, मंगलवार
0 02 03 40ab70707ff44b850e2d5e32a9cdfe64300dcaf09bd0a1f886d0cb6a5618c4d3...

काठमाडौँ,२१ साउन । कामना सेवा विकास बैंक लि।को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं। ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार स्थानान्तरण भएको छ ।

हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् ।


स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमु्ख सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं  ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा४५ वटा एटिम मार्फत ग्राहकहरुलाई सेवाहरु दिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७