सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग


२१ श्रावण २०७६, मंगलवार
sangrila vzbIE02SF0 1

काठमाडौं,२१ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश न १ धरान १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने छ ।

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा रु।१ लाख ११ हजार रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७