८ कक्षा पढ्ने छोरी दुब्लाएपछि अस्पतालमा भर्ना, रिपोर्ट देख्दा आमा बेहोस


२२ श्रावण २०७६, बुधबार
Daughter

काठमाडौं, २२ साउन । निजी स्कुलको ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई भारतको पञ्जावस्थित एक अस्पताल लिएर गइन् ।

अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिंदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।

साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् ।

किशोरीका अनुसार गाउँकै केही युवकले लागूपदार्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकी यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७