अमेरिकी हवाई आक्रमणमा कम्तीमा ३५१ सर्वसाधारणको मृत्यु


२ भाद्र २०७४, शुक्रबार
air attack irak

air attack irak

वासिङटन : इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ ।

सिरिया र इराकमा भएका तीे हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्मको रहेका छन् । सो समयमा आइएस लडाकूविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो ।

पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्ध जारी रहेको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो ।

लन्डनआवद्ध एम्नेस्टि इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्धारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो ।

रासस ÷सिन्ह्वा

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७