गुजरात र हिमाञ्चलकाे लोकसभा निर्वाचनमा मोदीको भाजपाकाे अग्रता


३ पुष २०७४, सोमबार
narendra modi

काठमाडौं : भारतका गुजरात र हिमाञ्चलमा हिजो सम्पन्न विधान सभाको चुनावको प्रारम्भिक मत परिणाम आउन थालेको छ। narendra modi
गुजरातको पूर्व मुख्यमन्त्री समते रहेको भारतको प्रधानमन्त्री रहेको विशेष चासोको साथ हेरिएको छ । जारी मत गणनामा भारतीय जनता पार्टीले १०९ सिटमा अग्रता लिएको छ भने कांग्रेसले ६९ स्थानमा अगाडि छ । चार सिटमा अन्य दलले अग्रता लिएको छ । गुजरातमा सरकार बनाउनको लागि गुजरात विधान सभामा ९२ सिट आवश्यक पर्छ।
यसरी हेर्दा भारतीय प्रधानमन्त्रीको गृहराज्य गुजरातमा ५ अौं पटक पनि भारतीय जनता पार्टी विजेपीले नै सरकार बनाउने प्रारम्भिक संकेत देखिएका छ।
विजेपीलाई यसपालि राहुल गान्धी नेतृत्वको कांग्रेस (आई) लाई कडा टक्कर दिए पनि बहुमत पुग्ने संभावना कमजोर रहेको अहिले सम्मको मतगणनाले देखाएको छ।
यस्तै भारतको उत्तर पश्चिमी राज्य हिमाञ्चल प्रदेशमा धक्का लाग्न सक्ने अहिले सम्मको मतगणनाले देखाएको छ। कांग्रेस (आई)ले सरकार बनाएका थोरै राज्यमध्ये हिमाञ्चल प्रदेशमा पनि पर्छ।
प्रारम्भिक मत गणनामा हिमाञ्चल राज्यको विधान सभाका ६८ निर्वाचन क्षेत्रमध्ये ४९ मा विजेपीका उम्मेदवारले अग्रता लिएका छन् भने २६ स्थानाम कांग्रेस (आई)ले र अन्य ३ स्थानमा अरु दलले अग्रता लिएका छन्।
उत्तर प्रदेशमा भएको चुनावमा बहुमत ल्याएको भाजपाले गुजरात र हिमाञ्चल प्रदेशमा पनि जित्ने संकेत देखिएपछि नरेन्द्र मोदी आगामी लोकसभा निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने सम्भावना बढेको विश्लेषकहरूले टिप्पणी गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७