बाहुबली अभिनेता मधु प्रकाशकी श्रीमतीद्वारा आत्महत्या, यस्तो रहेछ तनाव


२३ श्रावण २०७६, बिहीबार
prakash

मुम्बई, २३ साउन । चर्चित फिल्म बाहुबलीका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् ।

मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको हंस इण्डियाको रिपोर्टले उल्लेख गरेको छ । मधुको आत्महत्याको वास्तविक कारण थाहा नभए पनि मधु प्रकाशको जीवनशैलीका कारण निकै तनावमा भएको र श्रीमानको सहकर्मीसँग अफेयर चलिरहेको शंकाका कारण उनले यस्तो कदम उठाएको हुनसक्ने बताइएको छ ।

सिटी पुलिसले यो मामलामा मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार मधुको व्यवहारका कारण दम्पत्तीबीच निकै झगडा हुने गर्दथ्यो । रिपोर्टले यो पनि दाबी गरेको छ कि मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए । पछि टिभी शोको सुटिङका लागि बिहान करिब १० बजे घरबाट निस्किएका थिए ।

भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको जनाइएको छ ।

पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ र मधुको बयान लिइसकेको छ । भारतीको शव पोष्टमार्टमका लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ । मधुले बाहुबली बाहेक विभिन्न टिभी सिरियलमा पनि काम गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७